समाचार

प्रदेश १ मा आज मन्त्रालयको संख्या टुंग्याइँदै

विराटनगर । प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्‍याउने...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको माण्डवी गाउपालिका–३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । खनालको जिल्ला अस्पताल बिजुवारमा...

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त...

बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

काठमाडौं। ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका...

दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

काठमाडौं । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ । दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो । मृतकका भाइ...

शहीदको बलिदानकै कारण संघीय लोकतन्त्रिक शासन व्यवस्था सम्भव भयोः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानकै कारण मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्। शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्न पुगेका थिए। त्यही आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल...

भारतबाट ल्याएर काठमाडौंमा मदिराको अवैध कारोबार, ४ जना पक्राउ

काठमाडौं । भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर...

पुल निर्माणमा ढिलासुस्ती, आठ वर्षमा २० प्रतिशत मात्रै काम

डोटी । डोटीमा तीन वर्षभित्र बनाइसक्ने भनेर सम्झौता गरिएको एक पुल झण्डै आठ वर्ष पूरा हुँदा पनि अधुरै छ । २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको डोटी शिखर नगरपालिका–१० स्थित सेती नदी माथिको मोटरेबल पुलमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम...

सहिदका सपना साकार पार्न सबैलाई हौसला मिलोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । सहिद दिवसको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । यस अवसरमा सहिदका सपना साकार पार्ने आँट र हौसला मिलोस् भन्दै उनले सुभेच्छासमेत प्रकट गरेकी छन् । माघ १६ गते आइतबार सहिद दिवसको अवसरमा राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै सबै ज्ञात÷अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी...