मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दै

अखबार हब
२०७८ माघ १७, सोमबार ०८:५५

मकवानपुर । मकवानपुरमा विगत ४ दिनदेखि कोरोना संक्रमण पुष्टि हुनेको संख्या घटिरहेको छ । जिल्लामा आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या शुक्रबार ८१, बिहीबार ९१ थियो । शनिबार सार्वजनिक बिदा भएकाले परीक्षण भएन ।

माघ १० सम्म सक्रिय सक्रमितको संख्या १ हजार ७ सय २७ पुगेकोमा आइतबार ६ सय ९३ मा झरेको स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले बताए । ‘एक सातामै हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने थपिने संख्या पनि घट्दै गएको छ,’ उनले भने, ‘अहिले हेटौंडा अस्पतालमा १२ जना उपचाररत छन् । ६ सय ८१ जना घरमै छन् ।’ आइतबार थप १ सय ९६ जना संक्रमणमुक्त भएका छन् । ४ दिनयता कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन ।

सार्वजनिक स्थलमा मास्क अनिवार्य, २५ जनाभन्दा बढी भेला हुन नदिइएको र खोप अभियानलाई तिव्रता दिएका कारणले थप संक्रमण विस्तार हुन नपाएको दाबी गर्छन् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक भरतमणि पाण्डे । ‘संक्रमितको संख्या घट्यो भनेर लापरबाही गर्नु भने भएन । अझै अवस्था सहज भइसकेको छैन,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*