समाज/राजनीति

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ”मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा...

एमाले हेटाैँडा ४ नं. वडाको संयाेजकमा बस्ताकाेटी, सचिवमा त्रिपाठी

हेटाैँडा । नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे संयाेजकमा राजेन्द्रकुमार बस्ताकाेटी र सचिवमा गीता त्रिपाठीलाई जिम्मेवारी दिईएकाे छ । शनिबार वडा पार्टी कार्यकर्ताकाे भेलाबाट २३ सदस्यीय पार्टी संगठन कमिटी, ४ नं. वडा पुन: गठन गरिएकाे हाे । भेलाले गत फागुन २१ गते सम्पन्न संघीय निर्वाचन र परिणामकाे बारे समीक्षा...

एमालेसँगको भागबण्डाबारे मलाई थाहा छैनः मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको मुख्यमन्त्रीमा आलोपालो भागबण्डाबारे आफूलाई थाहा नभएको बताएका छन् । सत्ता साझेदार दल एमालेले विगतमा कांग्रेससँग भएको सहमतिअनुसार नेतृत्व हस्तान्तरणको विषय उठाइरहेको बेला मुख्यमन्त्री बानियाँले भागबण्डाबारे अनभिज्ञता देखाएका हुन् । ‘भागबण्डाको कुरा मलाई थाहा छैन ।...

मन्त्रालयको संख्या घटाउने तयारीमा मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारको संरचना पुनर्संरचना गर्दै मन्त्रालय संख्या घटाउने घोषणा गरेका छन्। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हाल कायम १३ वटा मन्त्रालयलाई घटाएर ७ वटामा सीमित गर्ने बताएका हुन्। मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारका अनावश्यक कार्यालयहरू खारेज गरिनेछ भने...

महाधिवेशन सकिएको साढे तीन महिना नबित्दै एमालेमा विशेष महाधिवेशनको चर्चा

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको छ। केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउँदै एमालेको ११औँ महाधिवेशन सकिएको साढे ३ महिनामात्र हुँदैछ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई मुख्य कारण देखाउँदै...

हेटौंडामा पनि एमालेको प्रदर्शन

मकवानपुर । नेकपा एमालेका नेता तथा कार्यर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा उनीहरु सडकमा आएका हुन् । शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको...

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्। केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्।

एकताबद्ध भएर चुनौतीको सामना गरौँः राना

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर चुनौतिको सामना गर्नुपर्ने बताउनु भएको छ । एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै पार्टीलाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सृजना गर्न अन्तराष्ट्रिय शक्ति नै लागेको र राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास समृद्विको...

गगन थापाको राजीनामा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ । शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार...