समाज/राजनीति
कांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । अहिले दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् । सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन्...
यी हुन् कांग्रेसले आयोगमा बुझाएको २० समानुपातिक सांसदको सूची
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो। सूची हेर्नुस्ः खस आर्यबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह...
एमालेले टुङ्गायो समानुपातिक सांसदको नाम
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए।एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। रामबहादुुर थापा बादल, कुलभक्त शाक्य, पद्मा अर्याल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, यसोदा कुमारी बराल, किपा राना,...
शीर्ष नेतृत्वको राजीनामा माग गर्दै एमाले मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा
मकवानपुर। प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र...
मकवानपुर- २ अपडेटः घण्टीसंग सूर्यको मतान्तर कति ?
मकवानपुर । फागुन २१ गते भएको आम निर्वाचनको मतगणना जारी छ । जारी मतगणना अनुसार मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । हाल सम्म मनहरी, कैलाश, राक्सिराङ र थाहा नगरपालिकाको मतगणना सकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । चार वटा पालिकाको...
सुदूरपश्चिम प्रदेशमा एमालेले खाता खोल्यो
बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्। यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ। एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश...
दुई वटा पालिकाको मतगणना सकिदा घण्टी पहिलो, तारा दोस्रो
मकवानपुर । जारी मतगणना अनुसार मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार प्रशान्त उप्रेतीले अग्रता कायम गरेका छन् । हाल सम्म मनहरी गाउँपालिकाको ९ वटा वडा र थाहा नगरपालिकाको १२ वडाको मतगणना सकिदा रास्वपाको घण्टी चिन्हले १३ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपाका...
रवि लामिछाने फराकिलो मतान्तरले विजयी
चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काठमाडौं। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न...
काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए । यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार...










