म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काठमाडौं। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । उनी आफ्नो जन्मथलोमा निर्वाचन लडेका थिए ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे। म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।







