समाचार

‘योजनाको सूची तयार पार्नुहोस्, हामी साथ दिन्छौँ’: माडीका किसानलाई मन्त्री पौडेलको भरोसा

माडी। बागमती प्रदेश सरकारको लगानीमा चितवनको माडी नगरपालिका-८, कान्तिपुरमा सञ्चालित सामूहिक खेती तथा चक्लाबन्दी कार्यक्रम प्रभावकारी हुन नसकी अलपत्र अवस्थामा पुगेको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले बिहीबार उक्त परियोजनाको स्थलगत अनुगमन र निरीक्षण गर्दै स्थानीय किसान तथा सहकारी सञ्चालकहरूसँग समस्या समाधानका उपायबारे छलफल गरेका...

कैलाशमा आएको हावाहुरीले ९ घरमा क्षति

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–९ घैराङमा मंगलबार पानीसँगै आएको हावाहुरीले ९ घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले १६ लाख मूल्य बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका–९ घैराङटारका ५० वर्षीय बहादुर घलानको एकतले घरको जस्तापाताको छाना उडाउनुका साथै अन्नपातसहित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको...

भीमफेदीका थप ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट यस वर्ष ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका...

बाल सुधार गृह मकवानपुर: ५ वटा कोठामा ८९ जना बालकहरु कोचिएर बस्न बाध्य

हेटौंडा । मकवानपुरमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा वढी बालकहरु बस्न बाध्य रहेको पाईएको छ । हेटौंडा उपहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको बाल सुधार गृहमा बालकहरु बस्ने क्षमता ३० देखि ३५ जना भएता पनि उक्त सुधार गृहमा ८९ जना बालकहरु बस्न बाध्य रहेका छन । करिब ५ कठ्ठा जमिनमा...

हेटौंडाको सहिद स्मारकमा जातीय सङ्गग्रालय सञ्चालन हुने

हेटाैँडा । सहिद स्मारक हेटाैँडामा जनजाति संग्राहलय सञ्चालन हुने भएकाे छ । सङ्ग्रलयकाे पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाे र असारकाे अन्तिम सातासम्म सञ्चालनमा ल्याईने भएकाे छ । संग्राहलयकाे सञ्चालनकाे लागि विभिन्न जनजाति संगठनका अगुवाहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले जानकारी दिनुभयाे ।...

घ्याङलेखको मुहार फेर्दै प्रदेश सरकार: दुई वर्षमै साढे १६ किमि सडक कालोपत्रे र दुई पुल निर्माण

हेटौंडा । बागमती प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ । प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकमध्ये साढे १६ किलोमिटर सडक साढे ५ मिटर चौडा कालोपत्रे भएको हो...

निजी मिडियालाई विज्ञापन दिन बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निजी क्षेत्रका सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन उपलब्ध गराउन प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा बुधबार भएको छलफलका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो जानकारी दिनुभएको हो । छलफलका क्रममा मुख्यमन्त्री बानियाँले निजी सञ्चार माध्यमलाई...

फाखेल-मातातीर्थ सडक निर्माण अझै अधुरो, ठेकेदारलाई १० प्रतिशत जरिबाना

हेटौंडा। बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्गका रूपमा हेरिएको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ । प्रदेश सडक गुरुयोजनामा समेटिएको यस सडकको निर्माण कार्य सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हो । यस सडकको ट्रयाक खोल्ने काम...

विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक...

आलुऔषधसहित मकवानपुरका चार युवा पक्राउ

मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ । शनिबार र आईतबार दुई दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको टोलीले जिल्लाका विभिन्न स्थानबाट ४ जना युवालाई लागुऔषधसहित नियन्त्रमा लिएको हो । पक्राउ पर्नमा हेटौंडा -११ बस्ने ३२ बर्षिय बिकी बिश्वकर्मा, वडा नम्बर १२...