समाचार
बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ । प्रतिपक्षी एमालेले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको हो । प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा...
मोर्डन युथ क्लबलाई खेलकुद सामाग्री सहयोग
मकवानपुर । पश्चिम मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थित मोर्डन युथ क्लबलाई खेलकुद सामाग्री सहयोग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला उप-संयोजक प्रकाश गौतम र रास्वपा नगर ऱ्याट प्रमुख दामोदर दाहालले खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । नजिकिदै गरेको विजया दशमीको अवसरपारी मोर्डन युथ क्लब मकरीले...
हेटौँडामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु
मकवानपुर । हेटौँडामा आइतबार मध्यरात एक घुमुवा प्रहरीले नशाको तालमा उत्पात मच्चाएको आरोप लागेको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएको बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले सडकमै ‘बबाल’ गरेपछि...
चुरीयामाईमा सवारी दुर्घटना, नौ जना घाइते
मकवानपुर। हेटौंडाको चुरीयामाइमा दुई वटा सवारी ठोकिदा नौ जना घाइते भएका छन् । हेटौंडाको चुरीयामाइ मन्दिर नजिकै आज बिहान बिरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जादै गरेको ना ७ ख १६४३ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुवै...
र्यापिड एक्सन टिम हेटौंडाको अध्यक्षमा दाहाल
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिकाको नगर कमिटीले आर.ए.टी (र्यापिड एक्सन टिम)बिभाग प्रमुखमा दामोदर दाहाल चयन गरेको छ । शनिबार बसेको नगर बैठकबाट उनी चयन भएको रास्वपा नगर सभापति धुर्व बिष्टले जानकारी दिए । “आम जनताको सेवा, सहयोग र आवाज बन्दै समस्यामा सम्बोधनको निम्ति लागिपर्नु, समन्वय गर्नु...
हिमालदेखि तराईसम्मका जेष्ठ नागरिकहरुको तस्बिर प्रदर्शनीमा
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ...
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु
काठमाडौँ । सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो । हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको...
राक्सिराङमा १५ बिगाहा गाँजा खेती नष्ट
मकवानपुर । प्रहरीले मकवानपुरको विकट मानिएको क्षेत्र राक्सिराङ्गमा १५ बिगाहा अवैध आगूऔषध गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ्ग गाउँपालिका वडा नं.४,५ र ९ मा लगाईएको १५ बिगाहा अवैध लागूऔषध गाँजा फडानी गरि नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...
हेटौंडाबाट सालको चिरान काठसहित तीन जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ शक्तिश्वरबाट सालको चिरान काठसहित तीन जना पक्राउ गरेका छन् । मंगलबार(आज) दिउँसोको समयमा ३८ दशमलव २५ क्यु फिट सालको चिरान काठसहित तीन जना पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरुमा स्थानीय ५५ बर्षीय बाल कृष्ण चौलागाई, ३८ बर्षीय नेत्र बहादुर मगर र ५३...
राप्ती खोलाले बगाउँदा बालकको मृत्यु
मकवानपुर । हेटौंडाको राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं.४ भैरवरोड बस्ने १० बर्षीय संसाद अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्सारी आफ्नो परिवारसंग मंगलबार (आज) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित तरकारी बजार नजिकै राप्ती खेलामा नुहाउन...