पत्रपत्रिका

आठ वर्षदेखि अलपत्र मयुरधाम ‌औद्योगिक क्षेत्र

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रको विकल्पको रुपमा हेटौंडा –१४ स्थित मयुरधापमा शिलान्यास गरिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक–एक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७३ मा औद्योगिक क्षेत्र घोषणा भएअनुसार शिलन्यास...

मकवानपुरमा उत्पादित सामग्रीको निर्यात घट्दो

हेटौंडा । मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री...

टाट पल्टिने अवस्थामा डिडिसी

सरकारी स्वामित्वका उद्योगमध्ये तुलनात्मक रूपमा सबैभन्दा ठूलो कारोबार गर्ने दुग्ध विकास संस्थान (डिडिसी) टाट पल्टिने अवस्थामा पुगेको छ । दुई अर्ब १८ करोडबराबर कुल सम्पत्ति रहेको डिडिसीको सञ्चित नोक्सानी र ऋणको दायित्व भने दुई अर्ब ५५ करोड पुगेको छ । आर्थिक अभावकै कारण संस्थाले बुधबार परेको ५२औँ वार्षिकोत्सवसमेत मनाएन । वार्षिकोत्सवका अवसरमा...

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारीमा व्यस्त कर्मचारी

काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ। परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ...

धरहरा निर्माणको भौतिक प्रगति ९२ प्रतिशत

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन...

आफैँ न्याय पर्खिरहेकी एसिडपीडित सांसद कंसाकार

मकवानपुर । अदालतको काम दर्ता भएका मुद्दाको फैसला गर्ने र पीडकलाई कैद र जरिवाना गर्ने हुन्थ्यो । यसैलाई पीडितले न्याय पाएको रूपमा अर्थ्याइन्थ्यो । तर मुलुकी फौजदारी संहिता २०७४ मा पीडितको हकमा एक कदम अघि बढेर व्यवस्था गरियो, जसले क्षतिपूर्तिसहितको न्यायको व्यवस्था गरेको छ । यसको मतलब हो –...

डोकोनाम्लोसहित दैनिक नदी किनारमा अपिल घिमिरे

चितवन। अपिल घिमिरेले राप्ती नदी वरपर प्लास्टिक, सिसालगायतका फोहोर टिप्न थाल्नुभएको छ वर्ष बितिसकेको छ । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय घिमिरेको दिनचर्या बिहान उठ्नासाथ डोकोनाम्लो लिएर फोहोर टिपेर बित्ने गरेको छ । उहाँले २०७३ माघ २३ गतेबाट सुरु गर्नुभएको सरसफाइ अभियान अहिले पश्चिम चितवनको पटिहान र जगतपुर क्षेत्रमा...

प्रदेशिक अस्पतालमा विशिष्टीकृत शैया दस प्रतिशतभन्दा कम

मकवानपुर। बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शैया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको शैया क्षमताको आधारमा ९२ प्रतिशतभन्दा बढी सामान्य शैया रहेको पाइएको हो । प्रादेशिक अस्पतालले क्याबिन, आइसियु, एचडियु, एनआइसियु र सामान्य शैया गरी ८७९ वटा शैयाबाट सेवा प्रवाह...

बागमतीमा बाढी पहिरोबाट ३ वर्षमा ३११ को मृत्यु

मकवानपुर ।  बागमती प्रदेशमा मनसुनजन्य बाढी पहिरोमा परी तीन वर्षमा तीनसय ११ जनाको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये उपत्यका बाहेकका दश जिल्लामा बाढी पहिरोको घटनामा परी उनीहरूको ज्यान गएको हो। प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ मा एक सय ६३ जनाको मृत्यु, ५६...

४५ दिन बितिसक्दा पनि बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर । बागमती प्रदेश सभा बैठक ४५ दिन बितिसक्दा पनि बस्न सकेको छैन । यसअघि २१ असारमा चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न प्रदेश सभा बैठक बसेको थियो । त्यसयता ‘अनिश्चितकालका लागि स्थगित’ भनिएको प्रदेश सभा बैठक बस्न सकेको छैन । सरकारले पर्याप्त बिजनेस दिन नसक्दा सदन प्रभावहीन देखिएको छ ।...