स्वास्थ्य
बागमती प्रदेशका स्वास्थमन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल...
हेटौंडा अस्पतालको विवाद सर्वोच्च अदालतमा
हेटौंडा । हेटौंडा अस्पतालको स्वामित्वको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाएर अस्पतालको स्वामित्वको विषयमा रिट निवेदन दर्ता गरेका हुन् । अधिवक्ता गौतमले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारविरुद्ध दर्ता गरेको उक्त रिटमा प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थी...
भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
हेटौंडा । बागमती प्रदेश सरकारले सूर्यविनायक नगर अस्पताललाई मेडिकल सामाग्री तथा औषधिहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच...
हेटौँडा अस्पतालले अतिरिक्त सेवा दिने
हेटौँडा । हेटौँडा अस्पतालले अबदेखि नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले १६ भदौबाट अतिरिक्तबाहेक विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न र गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो ढंगबाट प्रदान गर्न नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा...
मकवानपुरमा ४८ जना स्क्रब टाइफसका बिरामी
हेटौँडा । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ ६ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य...
दादुरा रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन
हेटौंडा । दादुरा रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न बागमती प्रदेशका स्वास्थ्य मनत्रीले चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । आइतबार दादुरा रुबेला अभियानको समिक्षा आई पि भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा आफ्नो मनतव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । जिल्लामा रुवेलाको अवस्था बुझेर...
हेटौंडा अस्पतालमा नयाँ मेसु
मकवानपुर । हेटौंडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् । अर्याल दशौं तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुर अस्पतालबाट सरुवा भई हेटौंडा आएका हुन् । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट नै थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...
ईन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्रको शुभारम्भ
मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । बिहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा सञ्चालित केन्द्रको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको विकास तथा विस्तार वैज्ञानिक प्रयोग रहेकोले...
आयुर्वेद सेवा सम्बन्धी पत्रकार सँग अन्तरक्रिया
मकवानपुर । आयुर्वेद सेवा प्रवद्र्धन गर्न शुक्रबार हेटौँडामा पत्रकार सँग अन्तरक्रिया गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा बारे पत्रकार समक्ष प्रस्तुत गरिएको थियो । केन्द्रका प्रमुख डा. ललिता पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज...
आज विश्व मुटु दिवसः मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ?
काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी...