बाल सुधार गृह मकवानपुर: ५ वटा कोठामा ८९ जना बालकहरु कोचिएर बस्न बाध्य

अखबार हब
२०८३ बैशाख १५, मंगलवार १४:००

हेटौंडा । मकवानपुरमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा वढी बालकहरु बस्न बाध्य रहेको पाईएको छ ।

हेटौंडा उपहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको बाल सुधार गृहमा बालकहरु बस्ने क्षमता ३० देखि ३५ जना भएता पनि उक्त सुधार गृहमा ८९ जना बालकहरु बस्न बाध्य रहेका छन ।

करिब ५ कठ्ठा जमिनमा निर्माण गरिएको भवन अत्यन्त साँघुरो रहेको छ । उक्त भवनमा करिब २२ वटा जिल्लाका ८९ जना बालकहरु ५ वटा कोठामा कोचिएर बस्न बाध्य रहेको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले बताए ।

उनले भने “सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु भएपछि भुँईमा सुत्नु पर्ने बाध्यता रहेको छ”। यस्तै खानपिन, शौचालय, खेलकुद,पुस्तकालय लगाएतको समस्या समेत रहेको छ ।

मकवानपुरमा रहेको बाल सुधार गृहमा ८ जना १८ वर्ष माथिका रहेका छन भने सबैभन्दा बढी जबरजस्तीकरणी मुद्दाका आरोपित ६२ जना रहेका छन । यस्तै कर्तव्य ज्यान मुद्दाका १० जना,लागु औषध मुद्दाका ९ जना , साथै अन्य विभिन्न मुद्धाका गरी ८९ जना बालकहरु सुधार गृहमा रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*