स्वास्थ्य

हेटौंडामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन सञ्चालन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन सञ्चालनमा आएको छ । नवनिर्मित भवनको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार उद्घाटन गरे । प्रदेश सरकारको करिब साढे ७ करोडको लगानीमा भवन निर्माण गरिएको हो । मन्त्री थापाले प्रदेश सरकारको प्राथमिकतामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धनका...

मकवानपुरको दुर्गम गाउँमा बन्यो आयुर्वेद औषधालय भवन

हेटौंडा । मकवानपुरको दुर्गम गाउँमा निर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्माण गरिएको आयुर्वेद औषधालय भवनको मंगलबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमका रूपमा चिनाउँदै यसले...

थाहा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

थाहा । थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार थाहा नगरपालिकामा एक कार्यक्रम बीच थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले पालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार सबै प्रक्रिया पुरा गरेकोले पूर्ण खोप सुनिश्चितता पालिका...

बागमतीमा औलो रोगको बिरामी कति ?

हेटौंडा । बागमती प्रदेशमा औलोका बिरामीको संख्या ९१ पुगेको छ । औलो संक्रमितको संख्या बागमती प्रदेशका जिल्लाहरुमा ९१ जना रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । औलो रणनीतिक योजना २०२५।२०३० अनुसार नेपाललाई सन् २०३० सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य रहेको छ। सोही अनुसार औलो...

बोर्ड तोडफोडको घटनामा प्रतिष्ठानको आपत्ति

हेटौंडा । हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड भएको घटनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ति जनाएको छ । आइतबार बिहान अस्पतालको साइनबोर्डमा तोडफोड तथा केरमेट गर्दै अर्को बोर्ड टाँस्ने काम भएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ।...

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेको हो । सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौंडा अस्पतालको सेवा तथा सुविधामा उल्लेखनीय वृद्धि भएको बताए । उनले...

मकवानपुरमा २२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

हेटौंडा । मकवानपुर जिल्लामा २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि मंगलबार गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७ सय १३ जना छात्रालाई एचपिभी खोप लगाइने जानकारी दिइएको हो । देशव्यापी रुपमा...

बागमती प्रदेशमा झण्डै तीन लाख किशोरीलाई एचपिभी खोप लगाइने

हेटौंडा । बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका झण्डै तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियान अन्तर्गत बागमती प्रदेशका २ लाख ९८ हजार तीन...

बागमती प्रदेशका स्वास्थमन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल...

हेटौंडा अस्पतालको विवाद सर्वोच्च अदालतमा

हेटौंडा । हेटौंडा अस्पतालको स्वामित्वको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाएर अस्पतालको स्वामित्वको विषयमा रिट निवेदन दर्ता गरेका हुन् । अधिवक्ता गौतमले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारविरुद्ध दर्ता गरेको उक्त रिटमा प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थी...