स्वास्थ्य
डेंगु संक्रमणबाट हेटौंडामा एक युवकको मृत्यु
मकवानपुर । डेंगी रोगको संक्रमणबाट हेटौंडाका एक युवकको मृत्यु भएको छ । मकवानपुर हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगी संक्रमणका कारण मृत्यु भएको हो । तीन दिनअघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउँदा डेंगी संक्रमण पुष्टि भएको थियो । सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार डेंगी संक्रमणपछि घरमै आराम...
स्वास्थ्य बीमाको औषधि लिँदा रामेछापका विरामीले दोहोरो शुल्क तिर्नुपर्ने
रामेछाप । रामेछापका विरामीले स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नु परेको छ । जिल्लाको मन्थली अस्पतालबाट स्वास्थ्य बीमाको औषधि लिने बिरामीले दोहोरो शुल्क तिर्नु परेको गुनासो गरेका छन् । मन्थली अस्पतालले जाँच गरेका बिरामीले अस्पतालकै फार्मेसीबाट सबै औषधि नपाउँदा त्यहाँ नपाउने औषधि लिन तामाकोशी अस्पतालको फार्मेसीमा जानु पर्दछ...
आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ! (भिडियोसहित)
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग...
बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै
मकवानपुर । बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ । सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ । प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण...
बागमतीका ७ अस्पताललाई स्वास्थ्य आपूर्तिको शववाहन
मकवानपुर । बागमती प्रदेशमा रहेका ७ वटा प्रादेशिक अस्पताललाई शववाहन सहयोग गरिएको छ । आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशका ७ वटा प्रदेशिक अस्पताललाई शववाहन हस्तान्तरण गरेको हो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्विकृत कार्यक्रम अन्तरर्तत आव २०७८/७९ मा १ करोड ८ लाख ५६ हजारमा...
चित्लाङमा पच्चिस शैय्याको अस्पताल निर्माण हुने
मकवानपुर । उत्तरी मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा २५ शैय्या अस्पताल निर्माणको प्रस्ताव रहेको छ । विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी समेत भएको छ । प्रस्ताव पारित भएपश्चात् अस्पताल निर्माणको समेत बाटो खुल्नेछ । विश्व विद्यालयको प्रस्तावित आयोजनामा अस्पतालसहित शैक्षिक...
१० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन बागमतीका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
मकवानपुर । बागमती प्रदेशका अस्पतालहरुमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुका शैया मध्य १० प्रतिशत शैया निशुल्क रुपमा उपलब्ध गराउनका लागि निर्णय गरेलगतै कार्यान्वयनका लागि निर्देशन दिइएको छ । ‘संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले...
हेटौंडा –४ को निःशुल्क स्वास्थ शिविर
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका...
मकवानपुरको गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको...
कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण
काठमाडौँ । कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४...









