स्वास्थ्य

हेटौंडा अस्पतालको ओपीडी आईतबार पनि खुल्ने

हेटौंडा । सरकारले इन्धन खपत कम गर्न शानिबार र आईतबार बिदा दिने निर्णय गरेपनि मकवानपुरको हेटौंडा अस्पतालको ‌ओपीडी सेवा भने खुल्ला रहने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै सोमबार देखि शुक्रबार सम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजे सम्म र आईतबार बिहान ९ बजे देखि...

मोतिबिन्दुरहित नगर बनाउन निजगढ नगरपालिका र आँखा अस्पतालबीच सम्झौता

हेटौंडा। मोतिबिन्दुको समस्यारहित नगरपालिका बनाउनका लागि बाराको निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच मंगलबार सम्झौता भएको छ । मोतिबिन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार गर्न नगरपालिका र सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको हो । निजगढ नगरपालिकाभित्रका बासिन्दा मोतिबिन्दुका कारण दृष्टि समस्याबाट पीडित भएका छन् । यसलाई...

मकवानपुरमा साढे ४ हजार किशोरीलाई एचपीभी खोप लगाइने

हेटौंडा । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहका ६ कक्षामा अध्ययरत १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले बताए...

स्वास्थ्य बीमामा ओपीडी सेवा २५ हजारसम्मको मात्रै

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित...

सिद्धार्थ माविको स्वर्ण महोत्सवमा ९५० जनाको आँखा जाँच

हेटौँडा। हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ । स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार भएको निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ...

निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार

बारा । बाराको निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार भएको शल्यक्रियाका लागि अस्पतालले केही दिनअघिदेखि बारा, पर्सा, रौतहट र सर्लाहीका ग्रामीण क्षेत्रमा पुगेर आँखा शिविर सञ्चालन गरेको थियो । ती शिविरमार्फत ६ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको र १ हजार ६...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा डा.सापकोटा

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो । मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट...

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी हुनेछ । नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल...

एमबीबीएस पढाउन ५० सिट स्वीकृति, हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा अघि बढ्दै

हेटौंडा । मकवानपुरको हेटौंडा स्वास्थ्य शिक्षाको हबको दिशामा अगाडि बढेको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडाको नामलाई फैलाउन मद्दत हुने देखीएको छ...

हेटौँडामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास

हेटौँडा।मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १७ हटियामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा बन्न लागेको अस्पतालको मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले शिलान्यास गरेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी...