हेटौंडा अस्पतालको ओपीडी आईतबार पनि खुल्ने
हेटौंडा । सरकारले इन्धन खपत कम गर्न शानिबार र आईतबार बिदा दिने निर्णय गरेपनि मकवानपुरको हेटौंडा अस्पतालको ओपीडी सेवा भने खुल्ला रहने भएको छ ।
अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै सोमबार देखि शुक्रबार सम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजे सम्म र आईतबार बिहान ९ बजे देखि दिनको १ बजे सम्म खुल्ला रहेने जनाएको हो ।
सूचना ।










