दुई वटा पालिकाको मतगणना सकिदा घण्टी पहिलो, तारा दोस्रो
मकवानपुर । जारी मतगणना अनुसार मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार प्रशान्त उप्रेतीले अग्रता कायम गरेका छन् ।
हाल सम्म मनहरी गाउँपालिकाको ९ वटा वडा र थाहा नगरपालिकाको १२ वडाको मतगणना सकिदा रास्वपाको घण्टी चिन्हले १३ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपाका उम्मेद्वार लवशेर बिष्टले पछ्याई रहेका छन् । बिष्टको तारा चिन्हले ६ हजार ८ सय ४ मत प्राप्त गरेको छ ।
त्यसै गरि एमालेका महेश बर्तौलाले ६ हजार पाँच सय ३९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका बुद्घ लामाले ५ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।







