एमालेले टुङ्गायो समानुपातिक सांसदको नाम
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ।
आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए।
क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए।एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।
रामबहादुुर थापा बादल, कुलभक्त शाक्य, पद्मा अर्याल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, यसोदा कुमारी बराल, किपा राना, विष्णुमाया बिक, निता घतानी, रिङ्गला यादव, चण्डेश्वर मण्डलको नाम सिफारिस गर्ने निर्णय भएको बताए।









