एमाले हेटाैँडा ४ नं. वडाको संयाेजकमा बस्ताकाेटी, सचिवमा त्रिपाठी
हेटाैँडा । नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे संयाेजकमा राजेन्द्रकुमार बस्ताकाेटी र सचिवमा गीता त्रिपाठीलाई जिम्मेवारी दिईएकाे छ । शनिबार वडा पार्टी कार्यकर्ताकाे भेलाबाट २३ सदस्यीय पार्टी संगठन कमिटी, ४ नं. वडा पुन: गठन गरिएकाे हाे ।
भेलाले गत फागुन २१ गते सम्पन्न संघीय निर्वाचन र परिणामकाे बारे समीक्षा गर्दै पार्टीलाई वडाबासीकाे बीचमा स्थापित गर्न नयाँ रणनीतिका साथ अगाडि बढ्ने निर्णय गरेकाे छ ।
भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, लाेकतन्त्र सुदृढीकरण र विकास समृद्विकाे पक्षमा दृढतापूर्वक उभिरहँदा समेत पार्टी र पार्टीकाे नेतृत्वमाथी निरन्तर प्रहार हुनु गम्भीर रहेकाे बताउनु भयाे । हेटाैँडा-४ नं. वडा अध्यक्ष समेत रहेका सिग्देलले जनताकाे बीचमा हामीले कुनै शिर झुकाउने कार्य नगरेकाेले सुझबुझका साथ हामी एकताबद्व भएर देश र जनताकाे काममा जुट्दा हामी फेरि छिट्टै पराजयलाई विजयमा परिणत गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्दै बाहिर फैलाएका भ्रमलाई चिर्नपर्ने बताउनु भयाे । उहाँले हामी जनताबीचमा निरन्तर जाेडिरहेकाेले बदलिएकाे मतलाई पार्टीकाे पक्षमा ल्याउन सकिने बताउनु भयाे ।
निर्वाचन परिचालनका संयाेजक शिवहरी दहालले निर्वाचनमा सहयाेग गर्नुहुने सबै नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।









