के हेटौंडा कपडा उद्योग पुनः सञ्चालन होला?

अखबार हब
२०८३ असार २, मंगलवार १९:२५

हेटौंडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौंडा कपडा उद्योगको स्थलगत निरीक्षण गरिएको छ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहित विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले उद्योगको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेको हो।
कुनै समय रोजगारीको मुख्य केन्द्रका रूपमा चिनिएको यस उद्योगलाई पुनः ब्यूँताउन संघीय सरकारले चासो देखाएपछि स्थानीय उपमहानगरपालिकाले पनि यसमा विशेष सक्रियता र चासो बढाएको छ।
तर, संघीय सरकारले उद्योग सञ्चालन गर्ने इच्छा देखाए पनि यसका लागि अहिलेसम्म कुनै ठोस योजना र आवश्यक बजेट भने छुट्याएको छैन।
सरकारले सञ्चालनमा चासो त देखाएको छ, तर ठोस बजेट र योजना बिना यो उद्योग कसरी अगाडि बढ्छ भन्नेमा अझै अन्योल कायमै छ।

यसमा तपाइको मत

Your email address will not be published.


*