शहीद दिवसको अवसरमा अनेरास्ववियु हेटौंडाको रक्तदान

अखबार हब
२०७८ माघ १६, आईतवार २०:४३

मकवानपुर । शहीद दिवसको अवसरमा हेटौंडामा रक्तदान गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक हेटौंडाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।  कार्यक्रममा ३३ जनाले रक्तदान गरेको नगर कमिटी अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । पछिल्लो एकहप्तादेखि हेटौंडामा रगतको अभाव भएसँगै नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक हेटौंडाले रक्तदान गर्न आहान गरे सँगै नगर कमिटीले रक्तदानको आयोजना गरेको  हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*