समाचार

पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरको पाँच लाख सहयोग

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको हो । गत वर्षदेखि सञ्चालनमा ल्याएको कोषमा...

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु

बर्दिया । टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया...

हेटौंडाको लेवटमा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –३ लेवटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बोलेरो जिप र टिपर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार राति मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो पिकअप भ्यान र...

देउवाले भने – ‘एमसीसी पारित गरौँ’, प्रचण्ड र नेपाल आत्तिए !

काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि...

दूधको मूल्य ६.५२ रुपैयाँले वृद्धि

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्री बताए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास...

स्थानीय तहको चुनाव गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोमबार अनेरास्ववियू निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्‍याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन्...

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । ‘स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने हाम्रो कुरा...

‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दा निजी क्षेत्रमाथिकै प्रहार’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाप्रति निजी क्षेत्रका तीन प्रभावशाली संगठनले संयुक्त प्रतिवाद गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको कदमको विरोध गरेको हो । संयुक्त विज्ञप्तिमार्फत निजी क्षेत्रका...

थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२०...

नियन्त्रित औषध २०,८१५ क्‍याप्सुल ट्रामाडोल बरामद, पाँचजना पक्राउ

काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्‍यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँचजनालाई पक्राउ गरेको छ । उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्‍यूरोले काठमाडौंको छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका–१ घर भई सिफल बस्‍दै आएका सुनिल भन्‍ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर...