पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरको पाँच लाख सहयोग
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको हो ।
गत वर्षदेखि सञ्चालनमा ल्याएको कोषमा यसअघि पनि उपमहानगरले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत वर्षदेखि महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्वअध्यक्ष समेत रहेका नवराज शर्माले गत वर्षदेखि पेन्सन पाएका छन् । महासंघ मकवानपुर शाखाले साधारणसभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि पारित गरेको छ ।







