समाचार
स्थगित भएका त्रिविको परीक्षा फागुन १ देखि हुने
काठमाडौं। कोभिड–१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय...
हप्तैपिच्छे मूल्य बढ्दा मारमा उपभोक्ता, विमान कम्पनीलाई डेढ अर्ब पेट्रोलियम कर छूट
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दिन प्रतिदिन बढ्दै गएका बेला हवाइ कम्पनीहरूले भने पेट्रोलियम पदार्थमा हालसम्म झण्डै १ अर्ब ४० करोड रुपैयाँ कर छूट पाएका छन् । पूर्व अर्थमन्त्री युवराज खतिवडाले कोरोनाकालमा विमान सेवा प्रदायक कम्पनीहरूलाई भएको घाटाबाट राहत दिन भन्दै प्रतिलिटर १० रुपैयाँका दरले लाग्ने पूर्वाधार कर...
बारामा ९ गोठ जलेर नष्ट, ९ लाख रुपैयाँ बराबरको क्षति
बारा । बारामा मंगलबार राति भएको आगलागीमा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बारागढी गाउँपालिका–२ बिसुनपुर्वामा भएको आगलागीमा ९ वटा घरगोठ जलेर नष्ट भएको छ। आगलागीमा परी सोही स्थान बस्ने देवकान्त चौधरी, प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लीलावती थरुनी, उर्मिला चौधरी, सुरेश दास, कञ्चन दास, लक्ष्मण दास, शंकरप्रसाद...
हेटौंडाको रातोमाटेमा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा आज बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मकवानपुरको बकैया गाउँपालिका–७ बस्ने ३७ बर्षका शिवप्रसाद सुवदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको...
त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन । संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले...
अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ
काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ...
ल्होसारले बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास लिएको छुः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राष्ट्रपति भण्डारीले यस...
सोनाम ल्होसारले पारस्परिक सद्भावलाई सुदृढ बनाउन प्रेरणा प्रदान गरोस्ः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन्। उनले ‘सोनाम ल्होसार’को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरे । उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा,...
ल्होछारका अवसरमा बागमती प्रदेश प्रमुख शर्माको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउने २८५८ औं...
पुल निर्माण गर्न राखेका सामग्री चोर्दाचोर्दै पक्राउ
झापा । पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ। ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो। गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल...










