समाचार
हेटौंडाको सहिद स्मारकमा जातीय सङ्गग्रालय सञ्चालन हुने
हेटाैँडा । सहिद स्मारक हेटाैँडामा जनजाति संग्राहलय सञ्चालन हुने भएकाे छ । सङ्ग्रलयकाे पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाे र असारकाे अन्तिम सातासम्म सञ्चालनमा ल्याईने भएकाे छ । संग्राहलयकाे सञ्चालनकाे लागि विभिन्न जनजाति संगठनका अगुवाहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले जानकारी दिनुभयाे ।...
घ्याङलेखको मुहार फेर्दै प्रदेश सरकार: दुई वर्षमै साढे १६ किमि सडक कालोपत्रे र दुई पुल निर्माण
हेटौंडा । बागमती प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ । प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकमध्ये साढे १६ किलोमिटर सडक साढे ५ मिटर चौडा कालोपत्रे भएको हो...
निजी मिडियालाई विज्ञापन दिन बागमतीका मुख्यमन्त्रीको निर्देशन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निजी क्षेत्रका सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन उपलब्ध गराउन प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा बुधबार भएको छलफलका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो जानकारी दिनुभएको हो । छलफलका क्रममा मुख्यमन्त्री बानियाँले निजी सञ्चार माध्यमलाई...
फाखेल-मातातीर्थ सडक निर्माण अझै अधुरो, ठेकेदारलाई १० प्रतिशत जरिबाना
हेटौंडा। बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्गका रूपमा हेरिएको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ । प्रदेश सडक गुरुयोजनामा समेटिएको यस सडकको निर्माण कार्य सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हो । यस सडकको ट्रयाक खोल्ने काम...
विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक...
आलुऔषधसहित मकवानपुरका चार युवा पक्राउ
मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ । शनिबार र आईतबार दुई दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको टोलीले जिल्लाका विभिन्न स्थानबाट ४ जना युवालाई लागुऔषधसहित नियन्त्रमा लिएको हो । पक्राउ पर्नमा हेटौंडा -११ बस्ने ३२ बर्षिय बिकी बिश्वकर्मा, वडा नम्बर १२...
मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १४ नयाँबस्ती बस्ने ३५ वर्षीया सन्तोषी वाईवा रहेकी छिन्। शनिबार बिहान भीमफेदी गाउँपालिका वडा नं. ६, सिमलटार स्थित माइती घरबाट करिब २०० मिटर दक्षिणमा रहेको खहरे खोला नजिकै घाँस काट्न गएकी...
सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न प्रदेशस्तरीय समन्वय बैठक
हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समिति (पीपीसीसी)को बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा...
सात दशकसम्म पनि पूरा भएन हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति लोकपथ
हेटौंडा । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ निर्माण सुरु गरेको सात दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त लोकपथको निर्माण काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा विसं २०१३ बाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ । ७९ किलोमिटर लम्बाइ रहेको...
हुप्र चौरलाई सुविधा सम्पन्न र आकर्षक चौरको रुपमा विकास गरिदै
हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नं. वडामा रहेको लोकतान्त्रिक चौर(हुप्र)लाई सुविधा सम्पन्न र आकर्षक चौरको रूपमा विकास गरिने भएको छ । करिव ३ करोडको बजेट व्यवस्थापन गरि चौरलाई बागमती प्रदेशकै खुल्ला नमुना चौरको रूपमा विकास गर्न खोजिएको हेटौँडाकी नगर प्रमुख मिनाकुमारी लामाले बताउनु भयो । उहाँले हेटौँडा नगरलाई महिला...










