विमानस्थलबाट करीब एक करोड रुपैयाँको सुनसहित तीन जना पक्राउ

अखबार हब
२०७८ माघ २०, बिहीबार १६:२५

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड रुपैयाँको सुन र आइफोनसहित तीन जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले बुधबार बिहान तीन जनालाई आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा संयुक्त अरब इमिरेट्स ९युएई०बाट आएका रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। उनीहरू हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं आएका थिए।

उनीहरूको साथबाट करीब साढे ८३ लाख रुपैयाँको १ किलो १ सय ५५ ग्राम सुन, करीब साढे ६ लाखको आइफोन १३ प्रो म्याक्स, चार लाख रुपैयाँ बराबरको सुनको बेरुवा औँठी र एउटा सिक्री फेला परेको कार्यालयले जनाएको छ।

सुनलाई अर्धठोस बनाएर तीन ओटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*