समाचार
रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर
रूकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ । जिल्लाको...
ललितपुर शव बरामद प्रकरणः कमिसनको चक्करमा तीन साझेदारको हत्या
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घरमा बिहीबार साँझ एकहुल प्रहरी छिर्दा जमुना थापा मगर छक्क परिन् । घरधनी छोरो प्रदीप थापा मगर वैदेशिक रोजगारीका लागि दुबईमा थिए, बुहारी दिप्ती माइतमै बस्थिन् । जमुनाले प्रहरीलाई घरमा ताला फोड्न खोज्नुको कारण सोधिन् । प्रहरीले घर पछाडि खोस्रिएको जस्तो...
नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका ३ वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । त्रियुगा नदीको नहरमा...
आज दिनभरि झरी पर्ने सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।...
फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग
काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो । समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याक निर्धारित समयमा नै सम्पन्न गराउनका लागि...
हेटौंडामा तेस्रो लिङ्गीको हत्यामा संलग्नलाई जीवित रहेसम्म कैदको फैसला
मकवानपुर । जिल्ला अदालत मकवानपुरल तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकोलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएको ३ जनालाई जीवित...
४१ किलो लागूऔषध गाँजासहित हेटौंडाका ईश्वर पक्राउ
मकवानपुर । अवैध लागूऔषध गाँजासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई प्रकाउ गरेको छ । विशेष सूचनाको आधारमा हेटौंडा –३, तीनताप्के बाट ३१ वर्षीय ईश्वर लामालाई ४१ किलो ५ सय ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बिहीबार साँझ ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको...
हेटौंडा राप्तीतटमा शवदाह मेसिन जडान, माघ अन्तिमसम्म सञ्चालनमा आउने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा –१०, राप्तीतटमा शवदाह मेसिन जडान गरेको छ ।माघ महिनाको अन्त्यसम्ममा शवदाह गर्न सुरु गर्ने गरी शवदाह मेसिन जडान कार्य भइरहेको हेटौंडा उपमहानगरपालिकाका सम्पत्ति व्यवस्थापन तथा खरिद शाखाका प्रमुख बसन्तकुमार सिटौलाले जानकारी दिए । उपमहानगरले ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेसिन खरिद गरेको...
अख्तियार हेटौंडाद्वारा घुससहित वडा सचिव पक्राउ
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुस रकमसहित वडा सचिवलाई पक्राउ गरेको छ । आयोगले बाराको कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो । जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले...
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार...










