अख्तियार हेटौंडाद्वारा घुससहित वडा सचिव पक्राउ

अखबार हब
२०७८ माघ २०, बिहीबार १७:५७

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुस रकमसहित वडा सचिवलाई पक्राउ गरेको छ । आयोगले बाराको कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।

जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा पुगेको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*