सप्तरीमा हत्या र लुटपाटमा सम्लग्न ९ जना पक्राउ

अखबार हब
२०७८ माघ १८, मंगलवार १४:०६

सप्तरी । जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका–६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका–२ का दयावती बि।क, विरेन्द्र बि।क र दुलारी देवी वि।कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।

विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दोषी दयावति बि।कले २१, विरेन्द्र बि।क र दुलारी बि।कले ५० रुपैयाँ तिर्नुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*