युवा संघ मकवानपुरको आयोजनामा ३७ जनाले गरे रक्तदान

अखबार हब
२०७८ माघ १८, मंगलवार १७:३९

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा मंगलबार ३७ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रक्तदान कार्यक्रम हुन नसकी रगत अभाव भएको पाइएपछि युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको सभाध्यक्षता युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेती, नेकपा एमाले मकवानपुरका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।

यसअघि मंगलबार बिहानै हेटौंडाको बुद्धचोकमा रोट्र्याक्ट क्लबले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*