मकवानपुर प्रहरीद्वारा ११० किलो गाँजासहित एक जना प्रकाउ

अखबार हब
२०७८ माघ १८, मंगलवार १७:०८

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार १ सय १० किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा राक्सिराङ्ग गाउँपालिकाको वडा नम्वर ५ बस्ने ३६ बर्षिय राम कुमार प्रजा रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्‍वर रिमालले जानकारी दिए । उनका अनुसार सोमवार राक्सिराङ गाउँपालिकाको वडा नं ५ स्थित कच्ची सडकखण्डमा पिढ्युँमा भारी गाजाँ बोकी आईरहेका प्रजालाई मनहरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रजालाई गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको साथै उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रवक्ता रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*