समाचार

मकवानपुरमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि, १६६ जनाले जिते

मकवानपुर । मकवानपुरमा आज थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ सय ६६ जनाले संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर १ सय ४ जनामा गरिएको परीक्षणमा ५० जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी...

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड...

सोनाम ल्होछारको अवसरमा बागमती गाउँपालिकामा ३ दिन सार्वजनिक विदा

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दे यहि माघ १८ गतेदेखि २० गतेसम्म तीन दिनका लागि पालिका र मातहतका निकायहरुमा विदा दिएको जनाएको छ । पालिकाको माघ...

हेटौंडाको त्रिवेणीधाममा महिलाको शव भेटियो

मकवानपुर । हेटौंडा–१०, त्रिवेणीधाममा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान करिब १० बजेको समयमा स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले ५५/६० वर्षको जस्तो देखिने महिला मृत अवस्थामा कर्रा खोला किनारमा भेटिएको जानकारी दिए...

स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब चाहिने

काठमाडौँ । सत्तारूढ गठबन्धनले जेठ महिनामा गर्ने भनेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने निर्वाचन आयोगको अनुमान छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो । त्यसको तुलनामा यस वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न गर्न ४ अर्ब रूपैयाँ बढी...

नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो। मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममाः निधन भएको हो। थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दुःख व्यक्त गरेका छन्।...

मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दै

मकवानपुर । मकवानपुरमा विगत ४ दिनदेखि कोरोना संक्रमण पुष्टि हुनेको संख्या घटिरहेको छ । जिल्लामा आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या शुक्रबार ८१, बिहीबार ९१ थियो । शनिबार सार्वजनिक बिदा भएकाले परीक्षण भएन । माघ १० सम्म सक्रिय सक्रमितको संख्या १ हजार ७ सय २७...

शहीदको सम्झनामा अनेरास्ववियु मकवानपुरको दीप प्रज्वलन

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले दिप प्रज्वलन गरेको छ । शहीद दिवसको अवसर पारेर आज हेटौंडाको बुद्ध चोकमा अनेरास्ववियु मकवानपुर स्वयम् सेवक विभागको आयोजनामा दीप प्रज्वलन गरिएको हो । विभिन्न काल खण्डमा वीर गति प्राप्त गरेका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको अनेरास्ववियु मकवानपुरका स्वयम सेवक...

शहीद दिवसको अवसरमा अनेरास्ववियु हेटौंडाको रक्तदान

मकवानपुर । शहीद दिवसको अवसरमा हेटौंडामा रक्तदान गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक हेटौंडाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।  कार्यक्रममा ३३ जनाले रक्तदान गरेको नगर कमिटी अध्यक्ष नवराज पौडेलले...

वागमती प्रदेश सभाको संसदीय समिति सभापतिमा एमालेको मात्रै उम्मेदवारी

मकवानपुर । वागमती प्रदेशसभाअन्तर्गतको दुईवटा समिति सभापति छनौट गर्न सोमबार हुने निर्वाचनमा नेकपा (एमाले)ले मात्र उम्मेदवारी दर्ता गराएको छ । अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । दुवै समितिमा एमालेको बहुमत...