स्थानीय तहको चुनाव गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

अखबार हब
२०७८ माघ १७, सोमबार १९:१९

काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

सोमबार अनेरास्ववियू निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्‍याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘स्थानीय तहको निर्वाचन तुरून्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ नारासहित प्रदर्शनमा उत्रिका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*