हेटौंडाको लेवटमा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –३ लेवटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बोलेरो जिप र टिपर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार राति मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो पिकअप भ्यान र हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको को १ क १३२८ नम्बरको टिपर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा पिकअपमा सवार २ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये उपचारका क्रममा काठमाडौं नयाँबजार बस्ने बर्ष अन्दाजी ४० को शिब कार्की रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी बोलेरोमा सवार सोही ठाउँ बस्ने वर्ष अन्दाजी ५० को दिनेश कार्की घाइते भएको र चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी रिमालले जानकारी दिए ।







