थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

अखबार हब
२०७८ माघ १७, सोमबार १७:३५

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ७७२ संक्रमित थपिए

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा २६५, मोरङमा २०३, चितवनमा १६१, काभ्रेमा ११९, कैलालीमा ९३ र रुपन्देहीमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ६७, बाँकेमा ५३, झापामा ४२, तनहुँ र नवलपरासी पूर्वमा ४०र४० जना, मकवानपुरमा ३७, धनुषामा ३५, बागलुङमा ३३, कञ्‍चनपुरमा २९, सिन्धुलीमा २६, बारामा २२ र पर्सामा२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*