समाचार
सहिदका सपना सम्झाउने हेटौंडा सहिद स्मारक
मकवानपुर । सहिद शब्दले बोकेको अर्थ जति ओजनदार छ। आजभोलि त्यसलाई हल्का रूपमा लिन थालिएको छ। हेटौंडा –११ स्थित सहिद स्मारक पुग्दा जो कोहीले पनि सहिदहरूले देखेका सपनाहरू सम्झिन्छन्। नेताहरू पनि बेलाबेलामा सहिद स्मारक आइरहन्छन्। सहिदको सम्झाना गर्छन्। उनीहरूले देखेको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन्। तर, प्रतिवद्धताहरू क्षणमै...
सर्लाहीमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते छन् । गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदैगरेको ना...
हेटौंडामा कृष्ण सेन ‘इच्छुक’ को सम्झना
मकवानपुर । प्रेस सेन्टर मकवानपुर शाखाले हेटौंडामा कवि तथा पत्रकार स्वः कृष्ण सेन (इच्छुक) लाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । केन्द्र, प्रदेश, जिल्ला नगर पदाधिकारीको उपस्थितिमा गरिएको कार्यक्रममा कवि तथा पत्रकार स्वः इच्छुकको सम्झनामा गरिएको कार्यक्रममा उनको योगदानको सम्झना गर्दै उनको बलिदानलाई ओझेल पर्न नदिने र कर्तव्य...
चितवनमा आज चार जना कोरोना संक्रमितको मृत्यु
चितवन । चितवनमा शनिबार चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा तीन जनाको मृत्यु भएको छ । सो अस्पपतालमा बारा ,स्याङजा र चितवनका एक–एक संक्रिमितको मृत्यु भएको हो । यस्तै भरतपुर अस्पतालमा मकवानपुरका एक संक्रमितको...
ओभरलोड बोक्ने ४७ टिपरलाई मकवानपुर प्रहरीको कारवाही
मकवानपुर। तोकिएको भन्दाबढी भार बोक्ने ४७ वटा टिपरलाई आज मकवानपुर प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले मकवानपुरका बिभिन्न स्थानमा चेकजाँच गरेर खानीबाट सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर ल्याउने टिपरलाई कारवाही गरेको हो । प्रहरीले हेटौंडा –११, १५, मनहरी –७,...
हेटौंडा जेसीज फुट्यो, मकवानपुरगढी जेसीज स्थापना
मकवानपुर । जिल्लाकै सवैभन्दा पुरानो जेसीज हेटौंडा जेसीज विभाजित भएको छ । हेटौंडा जेसीजमा आबद्ध भएका आधा दर्जन युवाहरुको सक्रियतामा मकवानपुर गढी जेसीज स्थापना हुने भएको हो । पालुङ जेसीजको मातृत्वमा गढी जेसीज खुल्न लागेको हो । यसअघि हेटौंडा जेसीजमा आबद्ध भएका तथा विभिन्न पदमा रहेर अनुभव बटुलिसकेका पुष्पराज...
थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका...
नागरिकता नहुँदा समस्या
जुम्ला । कनकासुन्दरी गाउँपालिका–१ रियागाउँकी ३२ वर्षीया कमला बुढा (कठायत) एक छोरी र एक छोरा छन् । स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् । ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन् । ३२ वर्षकी भइसक्दा...
बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु
झापा । झापाको दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । आज कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा दुई वर्षीया आरुची दुलालको मृत्यु भएको हो । बुवा बालकृष्णले चलाएको मे। १ त ७५९ नम्बरको ट्रयाक्टरले किच्दा खेलिरहेकी आरुची गम्भीर घाइते भएकी थिइन् । उनको बिर्तामोडमा उपचारका क्रममा...
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय...










