शहीदको बलिदानकै कारण संघीय लोकतन्त्रिक शासन व्यवस्था सम्भव भयोः प्रधानमन्त्री देउवा

अखबार हब
२०७८ माघ १६, आईतवार १३:१०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानकै कारण मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।

शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्न पुगेका थिए। त्यही आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन्।

उनले शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि शहीदकै कारण सम्भव भएको बताए।

‘शहीदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ। शहीदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिन्छु’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*