मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्युठानको माण्डवी गाउपालिका–३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको थापाले बताए । दाङको भालुबाङबाट रोल्पातर्फ जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको यात्रुबाहक बससँग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाइकल नालीमा परेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
बस र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै जसपुर–भिङग्री सडकखण्ड अवरुद्ध गरेका छन् ।







