सोनाम ल्होछारको अवसरमा बागमती गाउँपालिकामा ३ दिन सार्वजनिक विदा
मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दे यहि माघ १८ गतेदेखि २० गतेसम्म तीन दिनका लागि पालिका र मातहतका निकायहरुमा विदा दिएको जनाएको छ ।
पालिकाको माघ १६ गते बसेको बैठकले तामाङ समुदायको महान चाड सोनाम ल्होछारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको हो ।
बागमती गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।








