नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन

अखबार हब
२०७८ माघ १७, सोमबार ०९:१७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो।

मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममाः निधन भएको हो।

थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दुःख व्यक्त गरेका छन्। ‘उहाँको निधनको खबरले मलाई स्तब्ध बनाएको छ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*