शहीदको सम्झनामा अनेरास्ववियु मकवानपुरको दीप प्रज्वलन

अखबार हब
२०७८ माघ १६, आईतवार २१:१७

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले दिप प्रज्वलन गरेको छ । शहीद दिवसको अवसर पारेर आज हेटौंडाको बुद्ध चोकमा अनेरास्ववियु मकवानपुर स्वयम् सेवक विभागको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

विभिन्न काल खण्डमा वीर गति प्राप्त गरेका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको अनेरास्ववियु मकवानपुरका स्वयम सेवक विभाग प्रमुख मनिषमान श्रेष्ठले जानकारी दिए ।

अनेरास्ववियु स्वयम् सेवक विभाग प्रमख मनिषमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटीका सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सह –इन्चार्ज आशिष अस्लामी, जिल्ला अध्यक्ष विशाल पौडेल, उपाध्यक्ष द्वय भुवन मैनाली, अमृत बर्तौला, लगायत विद्यार्थीहरुको सहभागी गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*