समाचार
युनिलिभरबाट बरामद चियापत्ती नष्ट गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रबाट बरामद गरिएको म्याद गुज्रिएका चियापत्ती नष्ट गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार बरामद गरिएको ३२ टन म्याद गुज्रिएको चियापत्ती नष्ट गर्ने निर्णय गरेको हो । प्रशासनले सोमबार कम्पनीका प्याक्ट्री म्यानेजर र एक सप्लायर्सलाई समेत प्रचलित...
मकवानपुरका स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गरिँदै
मकवानपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्ने भएको छ । कार्यलयले मकवानपुर जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाल पक्षस“ग स्थानीय तहमा हुने मतदाता नामावली संकलनको विषयमा जानकारी गराएको हो । निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार...
सुन तस्करी हुने आशंकामा त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा कडाइ
काठमाडौं । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । जसका कारण विमानस्थल भन्सारमा ठूलो भिड लागेको छ । सोमबार दुबई, कतार र मलेसियाबाट नेपाल आएका झण्डै दुई सय यात्रुहरुलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गरिरहेको छ । भिडका कारण...
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ।...
मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने
चितवन । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका...
बलात्कार उद्योगमा थुनामा रहेका व्यक्ति छुटाउने भन्दै २० लाख असुल्ने युवती पक्राउ
काठमाडौं । बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग)को कसूरमा थुनामा रहेका एक चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल्ने युवती पक्राउ परेकी छन्। जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल गर्ने २७ वर्षीया रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो। काभ्रेको पनौती...
एमाले महाधिवेशनः साँझ ७ बजे बन्दसत्र सुरु हुने माइकिङ
चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका...
परोपकार र दारी ग्याङ्ग हेटौँडाको सहकार्यमा शैक्षिक सामाग्री सहयोग
मकवानपुर । परोपकार युवा सञ्जाल नेपाल र दारी ग्याङ्ग हेटौँडाको सहकार्यमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । चितवनको रत्ननगर ४ स्थित राष्ट्रिय आधारभूत विद्यालय देबौलीमा अध्ययनरत् विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत् ६४ जना विद्यार्थीलाई झोला, कपी, पानी पिउने बोतल, टिफिन बक्स लगायतका शैक्षिक सामाग्री हस्तान्तरण...
जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो
जाजरकोट । जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट(९ कुदु बराहचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी...
छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
दैलेख । दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई...










