गुरुङ नेतृत्वको मकवानपुर प्रहरीले गर्‍यो १७ बुँदे प्राथमिकता

अखबार हब
२०७८ मंसिर १५, बुधबार १७:३१

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।
उनले आफु प्रहरी प्रमुख भएर मकवानपुर रहँदा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति शुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायत अन्य पत्रकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरले गर्नु पर्ने कामलाई चुस्तदुरुत राख्न अनुरोध गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट जारी हुने सुचना पत्रकारलाई छिटो छरितो ढङ्गबाट प्रदान गर्न भनेका थिए ।

यस्तो छ गुरुङ नेतृत्व मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता

Press-realese-dpo-1638350620.jpg

यसमा तपाइको मत

Your email address will not be published.


*