महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १८:२०

जनकपुरधाम। महोत्तरीबाट लागूऔषधसहित एक जना १३ वर्षीय बालक पक्राउ परेका छन् ।

भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर औरही नगरपालिका-४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १३ बर्षीय बालकको साथबाट लागूऔषध बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उनले बताए । लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published.


*