समाचार

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थिति तनावग्रस्त

कैलाली । कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ तिर लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । महिलालाई ठक्कर दिने...

हेटौंडामा एमाले महाधिवेशनको डिजिटल प्रचार

मकवानपुर । एमाले मकवानपुरले चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको लागि ठाउँठाउँमा स्वागत गेट राख्ने भएको छ । राप्तीरोडबाट लोथर सम्म १० वटा गेट निर्माण गर्ने महाधिवेशन प्रचार प्रमुख नवीन सिग्देलले जानकारी दिए । एमाले मकवानपुरले महाधिवेशनको डिजिटल ब्यानर राखेर चोकचोकमा प्रदर्शन समेत गरिरहको छ । एमाले मकवानपुरले मंसिर...

कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान्ः केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् । एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न...

एम्बुलेन्समा बिहेको समान भेटिएपछि…

दार्चुला । एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका–४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो । गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र समान बोकिरहेको अवस्थामा...

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए । अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु...

एमाले महाधिवेशनः साढे तीन लाखको गैँडाको मस्कट तयार, यसरी बनाइयो मस्कट

चितवन । १०–१२ मंसिरमा चितवनमा तय भएको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ...

सवारी दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

बुटवल । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

मकवानपुरमा २७१५ जना फरार अभियुक्त

मकवानपुर । अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ७ सय १५ जना अभियुक्त फरार छन् । फरार सूचीमा रहेकामध्ये ६२ जना विदेशी (भारतीय) नागरिक र २ हजार ६ सय ५३ जना स्वदेशी रहेका मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । उनका अनुसार...

ओलीसँग पनि प्रधानन्यायाधीश राणाले मागेका थिए उद्योग वाणिज्य मन्त्रालय

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै माग गरेको खुलेको छ । स्रोतका अनुसार ८ जेठमा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सदर गराउने शर्तमा राणाले मन्त्रालय मागेका थिए । ओली मन्त्रालय दिनसमेत तयार भएका थिए । त्यसकै आधारमा ओलीले तत्कालीन जनता समाजवादी पार्टीका...

एमाले महाधिवेशनमा सहभगी हुँदा मास्क अनिवार्य

काठमाडौं । १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् । यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच...