समाचार
सल्यानमा एक जनाको हत्या गरी जलाएको आरोपमा दुई महिला पक्राउ
सल्यान । सल्यानमा देवरलाई हत्या गरी जलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका ५ रानी कोट गैरीगाउँका आफ्नै भाउजू नाता पर्ने २६ वर्षीय लक्ष्मी चन्द र छिमेकी २५ वर्षीय भाउजू नाता पर्ने राधा पौडेलले रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । उनीहरूले...
राष्ट्रिय जनगणना २०७८ सम्पन्न, प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने
काठमाडौं । राष्ट्रिय जनगणना ०७८ कुनै पनि प्रकारको अवरोधविना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना ०७८ विना कुनै अवरोध सम्पन्न भएको बताएको हो। राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए...
देशभर ह्वात्तै बढ्यो चिसो
काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ । महाशाखाका...
एमालेको १०औँ महाधिवेशन आजदेखि
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ । एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो ।...
स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने
काठमाडौं । युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो । २०६५ सालमा...
सर्वोच्चमा हेर्दाहेर्दैका मुद्दा पनि गोला प्रथामा लगिने
काठमाडौं । सर्वोच्च अदालतले निश्चित न्यायाधीशहरुको इजलासबाट टुंगिने भनी तय भएका मुद्दा समेत गोलाप्रथाबाट फेरि सुनुवाइ गर्ने निर्णय गरेको छ । बिहीबार भएको सर्वोच्च अदालतको पूर्ण बैठकले हेर्दाहेर्दै र निर्णय सुनाउने भनी इजलास तय गरेको मुद्दासमेत फेरि गोलाप्रथाबाट इजलास तय गर्ने निर्णय गरेको हो । ‘हामीले प्रधानन्यायाधीशज्यूले गरेका हरेक...
सरकारले गर्यो एकैपटक ४९ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णइ अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । बिहीबार (आज) विज्ञप्ति जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सो बारे जानकारी गराएको छ । जसअनुसार सरकारको (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार...
एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा
चितवन । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए । एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ ।...
सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने
काठमाडौँ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु...
महाधिवेशनमा सहभागी हुन ओली चितवनमा
चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली...









