समाचार

गुरुङ नेतृत्वको मकवानपुर प्रहरीले गर्‍यो १७ बुँदे प्राथमिकता

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् । उनले आफु प्रहरी प्रमुख भएर...

गोला प्रथाको पहिलो दिन नै सर्वोच्चमा सुनुवाइ प्रभावित

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । कानुन...

सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियाबाट पेसी तोकिँदै

काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । गोला प्रक्रियाबाट पेसी तोकिने भएसँगै प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा स्वेच्छाचारी भएको र ‘सेटिङ’मा इजलास गठन गर्ने गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो । सोही माग अनुसार आजबाट...

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

काठमाडौँ । मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र...

सञ्चारिका समूह मकवानपुरमा सम्झना रिजाल

मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षमा सम्झना रिजाल सर्वसम्मत चयन भएकी छिन् । आज हेटौँडामा भएको भेलाले उपाध्यक्षमा प्रिया पौडेल, सचिवमा सिर्जना नेपाल, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने लाई चयन गरेको हो । सदस्याहरुमा सन्नु रिजाल, मनिता राना, शान्ति सेञ्चुरी, स्वीकृति न्यौपाने र नौं जनाको कार्यसिमितिले जमुना...

ओलीले लिए एमाले अध्यक्षको सपथ

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले पदको सपथ लिएका छन् । उनले आज चितवनमै पदको सपथ लिएका हुन् । ओलीलाई एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ गराएका थिए । यसअघि उनी निर्वाचित भएको घोषणा भएको थियो । एमालेको निर्वाचित आयोगले ओली १८३७ मतका साथ निर्वाचित भएको...

नेपाल–भारत एयर बबल सम्झौता खारेज, निजी विमानले पनि उडान गर्न पाउने

काठमाडौँ । कोरोना महामारीको विशेष परिस्थितिमा नियन्त्रित उडानका लागि नेपाल र भारतबीच भएको एयर बबल सम्झौता खारेज भएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि उक्त सम्झौता खारेज गरेको हो । सम्झौता खारेज भएसँगै अब आउँदो पुसबाट नेपाल र भारत दुबै देशका निजी विमान कम्पनीले पनि दुबै देशमा...

महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

जनकपुरधाम। महोत्तरीबाट लागूऔषधसहित एक जना १३ वर्षीय बालक पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर औरही नगरपालिका-४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका–६...

मानव सेवा आश्रमको १७ जिल्लामा २५ सेवा केन्द्र

मकवानपुर । हेटौंडाबाट सहयोगापेक्षी सडक आश्रीत व्यक्तिहरुलाई उद्धार गर्ने उद्देश्यले संचालनमा आएको मानव सेवा आश्रमले देशको ७ प्रदेशका १७ जिल्लामा २५ सेवा केन्द्र मार्फत् देशैभर सेवा संचालन गरेको छ । आज आश्रममा पत्रकार सम्मेलनको आयोजना गरी आश्रमका अध्यक्ष रामजी अधिकारीले सोको जानकारी दिएका हुन् । २०६९ सालदेखि मकवानपुर जिल्लाको...

मकवानपुरको विकट क्षेत्र राक्सिराङमा बोर्डिङ स्कूल

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा सनराइन पब्लिक इंग्लिस स्कुल सञ्चालनमा आएको छ । विपन्न तथा सिमान्तकृत चेपाङ र तामाङ जातीको बाहुल्य रहेको राक्सिराङ गाउँपालिका–३ पलासेमा बोर्डिङ स्कुल खुलेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार विद्यालयको उद्घाटन गरेका छन् । विद्यालय सञ्चालक रोहन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा...