५ किलो गाँजासहित मनहरीबाट एकजना पक्राउ

अखबार हब
२०७८ मंसिर १६, बिहीबार ०८:५१

मकवानपुर । लागूऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिनको करिब ५ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेको कैलाश गाउँपालिका–८ का २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई पक्राउ गरिएको हो ।

सुरक्षाजाँच गर्दा थिङले पछाडि भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो १ सय ग्राम फेला परेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*