सभापति बर्ताैलाले गरे खैचेडी सहयोग
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका काँग्रेस सभापति प्रकाश बर्ताैलाले खैचेडी सहयोग गरेका छन् ।
मनहरी गाउँपालिका १ मकरीमा रहेको श्री कृष्ण आयआर्जन समूहलाई ८ थान खैचडी सहयोग गरेका हुन् ।
आज एक अनौपचारिक कार्यक्रमका बीच समूहका पदाधिकारी रामकुमार उप्रेतीलाई उक्त खैचेडी हस्तान्तरण गरेका हुन् । यस अघि पनि बर्ताैलाले सोही स्थानका विभिन्न संघ/संस्थाहरुमा सहयोग तथा सहकार्य गर्दै आएका छन् ।







