समाचार
सभापति बर्ताैलाले गरे खैचेडी सहयोग
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका काँग्रेस सभापति प्रकाश बर्ताैलाले खैचेडी सहयोग गरेका छन् । मनहरी गाउँपालिका १ मकरीमा रहेको श्री कृष्ण आयआर्जन समूहलाई ८ थान खैचडी सहयोग गरेका हुन् । आज एक अनौपचारिक कार्यक्रमका बीच समूहका पदाधिकारी रामकुमार उप्रेतीलाई उक्त खैचेडी हस्तान्तरण गरेका हुन् । यस अघि पनि...
नेपालमै पहिलो पटक सञ्चालन आयो विद्युतीय एम्बुलेन्स, एक पटकको चार्जमा ३१० किलोमिटर गुड्ने
काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किष्ट अस्पतालले नेपालमै पहिलो पटक विद्युतीय अर्थात इलेक्ट्रीक एम्बुलेन्स मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । यो विद्युतीय एम्बुलेन्स एक पटक फुल चार्ज गरेपछि ३१० किलोमिटर गुडाउन सकिने छ । यसलाई ४० किलोवाट क्षमताको एसी चार्जरले १...
अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क
बागलुङ । बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो । बसपार्क निर्माण भएको महिनौँ बितिसक्दासमेत प्रयोगमा ल्याउन सकिएको छैन । उन्नाइस वर्षअघि बागलुङ...
सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो ।...
बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
मकवानपुर । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी...
मंसिर २८बाट एमआरपी वितरण बन्द, अनिवार्य गरिँदै ई–पासपोर्ट
काठमाडौं । मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई–पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरिसकेको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ...
विश्वका ४ करोडभन्दा धेरै मानिस आधुनिक दासताको सिकार
काठमाडौँ । आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास...
५ किलो गाँजासहित मनहरीबाट एकजना पक्राउ
मकवानपुर । लागूऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बुधबार दिनको करिब ५ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेको कैलाश गाउँपालिका–८ का २८...
राष्ट्रपतिबाट ६ अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।...
राजेन्द्र लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने रेखाको तयारी
काठमाडौं । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । रेखाले अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् । यो विषयमा रेखाले केही बोलेकी भने छैनन् । तर, रेखाले चाँडै नै उम्मेदवारी घोषणा गर्ने बताइएको छ । काठमाडौंमा जारी महाधिवेशनबाट...










