समाचार

नेपालमा पनि देखियो ओमिक्रोन

काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि दुईजनामा ओमिक्रोन भेरियन्ट देखा परेका छन् । यसबारेमा अहिले मन्त्रालयले औपचारिक जानकारी गराउँदैछ ।

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौँ । काठमाडौँबाट एकजना स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो । प्रहरीले सो पसलमा ठूलो परिणाममा स्रोत नखुलेको रकम रहेको सूचना पाएपछि छापा मारेको थियो...

कतारमा नेपाली युवकको हत्या

रोल्पा । वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हुनसक्ने आशंका गरेकी...

थप २०५ जनामा सङ्क्रमण पुष्टि, ४३६ जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४३६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बतायो ।...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने भएका हुन् । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस...

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो । आर्थिक...

वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । वृद्धको मृत्युपछि...

वाग्मती सफाइ महाअभियानः १० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ । सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती...

शनिबार थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो...