समाचार

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

कैलाली । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा नवविवाहित दम्पती सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी...

हामीलाई के थाहा छ ओमिक्रोन भेरियन्टबारे ?

काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ । सोमबार नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कहाँकहाँ भेटिए संक्रमित ? ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक)...

मकवानपुरको छुट्टाछुट्टै स्थानबाट गाँजा सहित दुई जना पक्राउ

 मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट राक्सिराङ गाउँपालिका–२ बस्ने २७ वर्षीय विनोद मोक्तान करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय मनहरीबाट...

हेटौंडाको हुप्रचौरमा यस्तो बन्दैछ बहुउद्देश्यीय १३ तले भवन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्रचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज सम्झौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा सम्झौतामा आज हस्ताक्षर गरिएको हो । कूल ७७ करोड ९३ लाख...

टिपरको ठक्करबाट बाबु–छोराको घटनास्थलमै मृत्यु, अटो रिर्जभमा परिवारै जाँदै थिए मन्दिर दर्शन गर्न

दाङ । प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्। जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा...

सामुदायिक वनका अध्‍यक्षविरुद्ध १८ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मद्दा दायर गरेको छ । उपभोक्ता समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको कसूरमा मुद्दा दायर गरेको हो ।...

प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक पार्टी कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त बनेका देउवा कांग्रेस महाधिवेशनको तयारीका बारेमा छलफल गर्न सोमबार पार्टी कार्यालय पुगेका हुन् । पार्टी कार्यालयका सचिव प्रकाश शर्माले महाधिवेशन सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग...

अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै...

डब्ल्यूएचओले घोषणा नगर्दै नेपालमा भित्रिसकेको थियो ओमिक्रोन !

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट...

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १२ जना पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीका अनुसार...