समाचार
कोरोनाको नयाँ भेरियन्टः पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्यून
झापा । कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेको छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन । भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
पाल्पा । पाल्पा तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले...
महालेखाले औंल्याएको त्रुटिविपरीत अदालतको आदेश
मकवानपुर । संघ तथा प्रदेश सरकारलाई बाइपास गरी हेटौंडा उपमहानगरपालिकाले कानुन बनाएर गरेको कर्मचारीको तहतथा ग्रेड वृद्धिलाई अदालतले सदर गरिदिएको छ । उपमहानगरपालिकाले आफूले बनाएको ऐनको आधारमा केही कर्मचारीहरुको २०७६ असार ६ गते तहतथा ग्रेड वृद्धि गरेको थियो । उपमहानगरपालिकाले २०७५ चैत २१ मा बनाएको हेटौंडा उपमहानगरपालिका कर्मचारी वृत्ति...
भाट–भटेनीको २०औं स्टोर हेटौंडामा, मंसिर २२ गतेदेखि सञ्चालन हुने
मकवानपुर । नेपालकै ठूलो चेन सुपर मार्केट भाट–भटेनी सुपर स्टोर बाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि सञ्चालन हुँदैछ । देशैभर स्टोर विस्तार अभियानमा लागेको भाट–भटेनीले २० औं स्टोर आगामी २२ गतेदेखि हेटौंडा–२ चौकी टोलमा शुभारम्भ गर्दैछ। एक महिना अगाडि विराटनगरमा नेपालकै ठूलो सुपर मार्केटको रुपमा १९ औं स्टोरको शुभारम्भ गरेको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
सोह्रखुट्टेमा आगलागी, नियन्त्रणका लागि ६ दमकल खटाइयो
काठमाडौं । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने...
डेढ महिनापछि सुरु भयो सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ
काठमाडौं । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए ।...
कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी...
बालक हत्या आरोपमा महिला पक्राउ
धनगढी । कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप...
श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत, घरेलु श्रमिक लैजान दिन माग
काठमाडौं । कतार नेपालसँग श्रम सम्झौता पुनरावलोकन गर्ने सहमत भएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल-कतार संयुक्त समितिको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर...










